Comments Add Comment

धादिङ बेनिघाट रोराङमा माओवादी विजयी

अध्यक्षमा विजयी हरी डल्लाकोटी

४ जेठ धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवाल विजयी भएका छन ।

माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका गिरीराज कडेंलले मायादेवी शर्माले ५ हजार २ सय ५५ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याई पराजित भए ।

धादिङमा माओवादी केन्द्रले विजयी हाँसिल गरेको यो पहिलो गाउँपालिका हो ।

बेनिघाट रोराङ गाउँपालिकामा नेकपा एमाले एक्लै लडेको थियो भने माओवादी केन्द्र र नेपाली काँग्रेस तालमेल गरी क्रमश अध्यक्ष र उपाध्यक्ष गरी चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment