Comments Add Comment

झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

७ जेठ, झापा । झापामा शनिबार साँझ परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चट्याङ लागेर हल्बारी–३ का ५० वर्षीया लीला बानियाको ज्यान गएको हो ।

चट्याङ लागेर ११ वर्षीय अनिल बानिया र सोरधनी मिस्त्री घाइते रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

घाइतेहरुको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

साँझ ५ बजेतिर झापामा हावाहुरीसहित चट्याङ परेको थियो ।

यसैबीच, शिवसताक्षी नगरपालिका–८, डुडामारीमा जुस सर्किएर ६ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय रुपदोष श्रेष्ठका छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment