+
+
Shares

धर्मबारे जनमत संग्रह गर्न सरकारलाई दबाव दिऔं : शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १४:११

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव बढाउनुपर्ने बताएका छन् ।

टोखास्थित आफ्नै निवासमा बुधबार होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रहको वकालत गरेका हुन् । धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको भन्दै उनले भने, ‘कांग्रेसको चार तारे झण्डाको एउटा तार धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’

आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उनले भने धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताए । उनले भने, ‘जनमत गराउनुपर्‍यो, जसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन ।’

धर्म निरपेक्षिता लेखिँदा कोही नबालेको भन्दै उनले जनमत संग्रहका लागि सबैले सरकारलाई दबाव दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?