Comments Add Comment

एमालेले छान्यो धनगढी उपमहानगरको उम्मेदवार

दुर्गाप्रसाद जोशी र रुक्मणी देवकोटा

७ जेठ, धनगढी । नेकपा एमालेले ७ नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आगामी जेठ ३१ गते हुने दोस्रो चरणको चुनावका लागि मेयर र उपमेयरका उम्मेदवार तय गरेको छ ।

एमालेले धनगढीको मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटालाई छानेको छ । एमाले स्थायी कमिटीको बैठकले प्रदेश कमिटीबाट आएका सिफारिसमध्येबाट जोशी र देवकोटालाई छानेको हो ।

मेयरमा प्रदेशबाट जोशीसहित यज्ञराज बास्तोला र कलावती जोशीको नाम सिफारिस भएको थियो भने उपमेयरमा रुक्मणी देवकोटा, छाया थापा र सुशीला बुढाथोकीको नाम सिफारिस भएको थियो ।

मेयरको टिकट पाएका जोशी एमालेका कैलाली जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनी शैक्षिक क्षेत्रमा स्थापित व्यक्ति हुन् । उपमेयरको टिकट पाएकी देवकोटा एमालेको जिल्लास्तरीय नेतृ हुन् । उनी कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment