Comments Add Comment

चुनावको नतिजाप्रति माओवादी सन्तुष्ट

अहिलेको जनमत संघ र प्रदेशमा जित्ने आधार होः प्रवक्ता भुसाल

फाइल फोटो

८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावको नतिजामा सन्तोष व्यक्त गरेको छ । पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए पनि अपेक्षाकृत जनमत आएको निष्कर्ष माओवादीले निकालेको हो ।
चुनावको समिक्षा गर्न सोमबार बसेको माओवादी हेडक्वाटर बैठकले पहिलो चरणको परिणाम अपेक्षाकृत भएइको निष्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘अलि बढी अपेक्षा त थियो तर हाम्रो पार्टी एकतापछि तुरुन्तै सरकारमा जाँदा संगठन अलि बढी अस्तव्यस्त कमजोर थियो । तर जे आएको छ त्यसमा सन्तुष्ट मान्नुपर्छ । हाम्रा एजेण्डा लागू भएका छन् ।’

पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा माओवादीले जित हासिल गरेको छ । प्रवक्ता भुसालले संख्यामा हेर्दा कम देखिए पनि त्यसलाई प्रदेश र संघको आगामी निर्वाचनको जित्ने आधारको रुपमा लिइएको बताइन् ।

‘४६ स्थानमा हामीले जितिसकेका छौं । ५० स्थानमा दोस्रो भएका छौं । हारेको स्थानमा पनि औसतमा पाँच सय मतअन्तरमात्रै छ,’ प्रवक्ता भुसालले भनिन्, ‘यसलाई आगामी प्रदेश र संघको निर्वाचन जित्ने आधारको रुपमा लिएका छौं ।’

उनले दोस्रो चरणको स्थानीय तहमा निर्वाचनमा बढीभन्दा बढी स्थान जित्नका लागि तयारी गर्ने बताइन् ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनमतको आधारले माओवादी कमजोर नभएको बताए । सिंहदरवारमा केन्दि्रत अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको प्रचण्डको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment