Comments Add Comment

बेंग्लोरको लगातार दोस्रो हार, एबी डी भिलियर्सको ७० रन काम लागेन

Photo Credit : फाइल तस्वीर

१५ चैत, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा मुम्बईले कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले पराजित गरेको हो । मुम्बई इन्यिन्सको यो पहिलो जित पनि हो । यता, बेंग्लोरको भने लगातार दोस्रो हार हो ।

एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली बेंग्लोर जित नजिक पुगेर पनि पराजित भएको हो । मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा पाँच विकेटको क्षतिमा १८१ रन मात्र बनाउन सक्यो ।

बेग्लोरका लागि एबी डी भिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७० रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन भने सकेन । उनले ४१ ब्लमा ६ छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यस्तै, कप्तान विराट कोहलीले ४६ रन बनाए । उनले ३२ बलको सामना गर्दै ६ चौका प्रहार गरे । पृथ्वी पटेलले ३१ रनको योगदान दिए ।

मुम्बईको जितमा जस्प्रित बुम्राहले तीन विकेट लिए । उनकै महत्वपूर्ण विकेटमा मुम्बईले रोमाञ्चक जित हात पारेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८, सुर्यकुमार यादवले ३८ रन बनाए । अन्तिम समयमा आएर मुम्बईको इनिङमा हार्दिक पाण्ड्याले उकासेका थिए । उनले १४ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३२ रन बनाएका थिए ।

बलिङतर्फ युजभेन्द्र चाहलले चार विकेट लिदा उमेश यादब र मोहम्मद सिराजले समान २–२ विकेट लिए ।

बेंग्लोरले यसअघि चेन्नाई सुपर किंग्ससँग उद्घाटन खेलमा ७ विकेटले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment