Comments Add Comment

‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई २० लाख सहयोग


‘विरता जेसिज बिर्तामोड’को अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि ‘धुर्मुस-सन्तुली फाउन्डेसन’लाई १९ लाख ८० हजार ३६० रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ ।

महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यती भएको ‘विरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३’का संयोजक विनोद बस्नेतले जानकारी दिए ।

बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत वैशाख ३ गते ‘धुर्मुस-सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान’सहित सहयोग रकम प्रदान गरिएको थियो । चेम्जोङले फाउन्डेसनलाई एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशी बढेको हो ।

गीरान्चौरका भुकम्प पीडितका लागि आवास निर्माण गरेका धुर्मुस सुन्तलीले त्यसपछि मुसहरहरुका लागि वस्ती निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment