Comments Add Comment

एनसेलले सरकारलाई तिर्‍यो साढे १३ अर्ब लाभकर


२१ जेठ, काठमाडौं । एनसेलले पूँजीगत लाभकर बापतको साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई भुक्तनी गरेको छ । आज अाइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो ।

लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको कार्यालय स्रोतले जानकारी  दियो ।

एनसेलले यसअघि पनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो । लामो समदेखि कर तिर्ने/नतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै थप १३ अर्ब कर दाखिला गरेको हो ।

स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।

खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले झण्डै २४ अर्ब बढी पूँजीगत लाभकर तिरेको छ ।

नेपालको कानुनअनुसार २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । यसमध्ये क्रेता कम्पनीले १५ प्रतिशत र बिक्री हुने कम्पनीले १५ प्रतिशत लाभकर दाखिला गर्नुपर्छ । अब एनसेल सञ्चालक एक्जिएटाले आफ्नो सबै दायित्व भुक्तानी गरेको छ ।

अब एनसेल बेच्ने टेलिया कम्पनीले सरकारलाई १० प्रतिशत कर तिर्नुपर्नेछ । तर, टेलियाले त्यस्तो कर नतिर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment