Comments Add Comment

नोटबन्दीको पीडाः एक करोड भारु ९ लाखमा साट्दैछन् भारतीय

 

३१ जेठ, काठमाडौं । भारतमा नोटबन्दीको शिकार बनेका १ हजार र ५ सय दरका नोट सयकडा ९ भारुका दरले साटिन थालेका छन् । यो सटहीमा ९० प्रतिशत कमिसन गैरआवासीय भारतीय (एनआरआई) ले खाइरहेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले खुलासा गरेको छ ।

समाचारअनुसार भारत सरकारले एनआरआईलाई जून ३० सम्म नोटबन्दीमा परेका नोट सटहीको सुविधा दिएको छ । प्रत्येक एनआरआईले २५ हजारसम्म रकम साट्न नपाउने व्यवस्था गरिएको छ ।

इकोनोमिक्स टाइम्सले यस्तो कारोबारमा संग्लन व्यापारीसँगको कुराकानीमा आधारित भएर समाचार लेखेको हो । समाचारअनुसार १ हजार र ५ सयका नोट साट्दा प्रतिसय ९ रुपैयाँ मात्र वास्तविक धनीले पाउने गरेका छन् ।

यसको अर्थ कसैले १ करोड रुपैयाँ साट्न खोज्यो भने उसको हातमा मात्रै ९ लाख रुपैयाँ पर्ने देखिएको छ ।

यस्तो कारोबारको मध्यस्थता गर्नेको कमिसन भने १ प्रतिशत मात्र रहेको छ । ती नोटको १ करोड भारु साट्दा वास्तविक धनिले ९ लाख र मध्यस्थकर्ताले १ लाख पाउँछ भने बाँकी सबै एनआरआईले खान्छन् ।

सरकारलाई सम्पत्ती विवरण देखाउन नसक्ने वा नचाहनेले कम मूल्य पाइने भए पनि नोट साट्ने गरेको समाचारमा बताइएको छ । यो कारोबारमा संलग्नले जुन २५ गतेसम्म मात्र नोट संकलन गर्ने उल्लेख गरेका छन् ।

त्यसपछि पाँच दिन मात्र बाँकी रहने भएकोले जोखिमका कारण २५ तारिखसम्मको मिती तय गरिएको हो । हालै हैदरावादमा नोटबन्दीमा परेको कुल ३ करोड ४८ लाख भारुसहित व्यवसायी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment