Comments Add Comment

सलोन र करिश्माको ब्रेकअप, भने-‘हामी साथीमा मात्र ठिक रहेछाैं’


नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठको प्रेम चर्चा नेपाली चलचित्रमा चलेको केही बर्ष भयो । करिश्मा र सलोन सार्वजनिक कार्यक्रममा समेत एकसाथ पुग्थे ।

यी दुइको प्रेम चर्चाको खबर नेपाली मिडियामा आइरहेको समयमा यी दुइले आफूहरुको सम्बन्धको बारेमा अनलाइनखबरसँग विशेष खुलासा गरेका छन् । नयाँ चलचित्र ‘बाबु कान्छा’मा एकसाथ काम गर्न लागेका यी दुइले आफूहरुको ब्रेकअप भएको खुलाएका छन् ।

करिश्माले भनिन्-‘हामी अब साथी मात्र हौं । हाम्रो व्रेकअप भैसक्यो ।’ के कारणले ब्रेकअप भयो त भन्ने प्रश्नमा करिश्माले भनिन्-‘कती कुराहरु मिल्दोरहेनछ । धेरै कुराहरु छन्, जुन हामी दुइलाई मात्र थाहा छ ।’

यता, नायक सलोन बस्नेतले पनि करिश्मा र आफू राम्रो साथी मात्र भएको बताए । उनले भने-‘हामी अहिले राम्रो साथी छौ । प्रेमी-प्रेमिका भन्दा हामीलाई साथीकै सम्बन्धमा बस्दा ठिक रहेछ जस्तो लाग्यो । प्रेमी-प्रेमिका हुँदा हाम्रो धेरै कुरा मिलेन ।’

यसैविच, सलोन र करिश्माले अभिनय गरेको चलचित्र ‘झिल्के’ रिलिज नै नहुने भएको छ । निर्देशक शोभित बस्नेतले सलोनको करिअरलाई ध्यानमा राखेर आफूले चलचित्र रिलिज नगर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

सलोन, करिश्मा र शोभितसँग गरिएको ‘मस्ती टक’ केही समयपछि अनलाइनखबरमा प्रकाशित हुनेछ, प्रतिक्षा गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment