Comments Add Comment

प्रधानमन्त्री देउवालाई भारतीय र चिनियाँ राजदूतले भेटे

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ र भारतीय राजदूतहरुले शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

चिनियाँ राजदूत यु होङ र भारतीय राजदूत मन्जिव सिंह पुरीले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा देउवालाई भेटेका हुन् ।

भेटमा राजदूतद्वयले आसन्न स्थानीय तहको चुनावमा चासो व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सबैलाई सहमतिमा ल्याएर चुनाव गराउन सरकारले प्रयास गरिरहेको जानकारी दिएका थिए ।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो औपचारिक भेट हो । भेटमा दुई पक्षीय हित र सम्बन्धबारे पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment