३ असार, काठमाडौं । कक्षा १० को परीक्षाको मूल्यांकन लेटरग्रेडिङमा हुन थालेपछि नतिजा कमजोर आएको छ । आज प्रकाशित पत्रपत्रिकाहरुले झन्डै १ लाख विद्यार्थीले कक्षा ११ को भर्ना पाउन मुस्किल रहेको लेखेका छन् ।
राजपाले निर्वाचनमा असहमति जनाउँदै गरेको मधेस बन्दले त्यहाँको जनजीवन प्रभावित भएको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।
गोरखापत्र दैनिकले एसईईको परीक्षाफल प्रकाशित भएको विषयलाई मुख्य खबर बनाएर छापेको छ । प्रदेश २ मा आचारसंहिता हटेको, मानव अंगलाई सेवा विस्तार गर्न स्थान अभाव भएकोलगायत खबरलाई गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले एसईईको परीक्षामा सी, डी र ई ल्याउने परीक्षार्थीका लागि पुनः परीक्षा हुने जनाएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र सिके राउतबीच गोप्य भेटवार्ता भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।
कान्तिपुर दैनिकले एसईईको नतिजा सुधारोन्मुख भए पनि झन्डै १ लाख ११ कक्षामा अध्ययन गर्नबाट बञ्चित हुनसक्ने लेखेको छ ।
नयाँ पत्रिका दैनिकले बन्दले मधेसका जिल्लाहरुमा पारेको असरबारेको सामग्री छापेको छ ।
प्रतिक्रिया 4