Comments Add Comment

जंगली च्याउ खाँदा ६ जना विरामी, २ को अवस्था गम्भीर

२९ असार, दार्चुला । जंगली च्याउ खादाँ दार्चुलाको व्याँस गाउँपालिका-२ राप्ला ६ जना विरामी परेका छन् । उनीहरू मध्ये २ जनाको अवस्था गम्भीर छ ।

जंगलमा भेटेको च्याउ खाएर राप्ला तल्ला दुम्लिङका तैसी बुढाथोकी, मातु बुढाथोकी, चादनी बुढाथोकी, करवीर बुढाथोकी, दानसिँह बुढाथोकी र नविन बुढाथोकी गरी ६ जना विरामी परेका छन् । करवीरसिँह र चाँदनीलार्इ उपाचारका लागि जिल्ला अस्ताल दार्चुला ल्याइँदैछ ।

विहीबार दिउँसो जंगलमा उम्रेको च्याउ पकाएर खादा उनीहरुले बान्ता गर्ने तथा बेहोस हुन थालेपछि गाउँमा घरेलु उपचारबाट ४ जनालाई केही सञ्चो भएको र २ जनाको अवस्था गम्भीर भएको जिल्ला अस्पताल ल्याउन लागिएको स्थानीय विक्रम बुढाथोकीले जानकारी दिए ।

राप्ला तल्ला दुम्लिङबाट स्वास्थ्य चौकी राप्ला आइपुग्न समेत अढाई घण्टा लाग्छ । दम्लिङबाट जिल्ला अस्पताल दार्चुला आइपुग्न भारतको बाटो भएर १ घण्टा पैदल र ३ घण्टा गाडीमा लाग्ने गरेको छ ।

तल्ला दुम्लिङमा सुरक्षाकर्मीहरु समेत नरहेको र फोन सम्पर्क नभएकाले केही जानकारी नआएको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment