Comments Add Comment

विद्युत गृहमा पहिरो खस्यो, गाउँ अन्धकारमा

१ साउन, ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणि गाउँपालिकामा रहेको विद्युत गृहमाथि ढुङ्गा खसेर क्षति पूग्दा १ सय ८५ घरधुरी अन्धकार भएको छ ।

शनिबार रातिको अविरल वषर्ा संगै सोवुवा खोला ए लघु जलविद्युत आयोजना साविक हाङपाङ ३, ४ मा पर्ने विद्युत गृहमाथि ढुङ्गा खसेको हो ।

विद्युत गृह माथिबाट ढुङगा खस्दा विद्युत गृहका अपरेटर डम्वर आङवुहाङ समेत घाइते भएका छन् । आङवुहाङको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

रिर्जभ ट्याङकीको पानी ओभर ˆलो भएर आएपछि विद्युत गृह माथि पस्दा पहिरो गएको हो । पहिरोले विद्युत गृहमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यसबारे करिव ६० लाखको क्षति भएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment