Comments Add Comment

उपत्यकामा पनि प्रदिपको उस्तै क्रेज, कन्सर्टमा यूवायूवतीको बाक्लो भिड

शुक्रबारदेखि रिलिज हुन लागेको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को सांगीतिक कन्सर्ट काठमाण्डौ, भक्तपुर र ललितपुरमा सम्पन्न भएको छ । मोफसलमा अत्याधिक सफल भएको कन्सर्ट शुक्रबार ललितपुर र भक्तपुरमा सम्पन्न भयो । शनिबार काठमाण्डौका विभिन्न स्थानमा कन्सर्ट हेर्न दर्शक उर्लिए ।

सांगीतिक कथामा तयार भएको यो चलचित्रको कन्सर्ट हेर्नका लागि काठमाण्डौ बाहिर दर्शकको उल्लेख्य भीड लागेको थियो । यस्तै, शुक्रबार सम्पन्न भएको झक्तपुर र ललितपुरको कन्सर्टमा पनि दर्शकको बाक्लो उपस्थिती रह्यो ।

ललितपुरको लगनखेल र भक्तपुरको सूर्यविनायकमा आयोजना गरिएको कन्सर्टमा हजारौ यूवायूवती कलाकारसँगै रमाएका थिए । कलाकार र गायकले उपस्थित भिडलाई आफ्नो प्रस्तुतीको माध्यमबाट जुरुक्कै बनाएका थिए । काठमाण्डौ बाहिर देखिएको नायक प्रदिप खड्काको क्रेज उपत्यकामा पनि उस्तै देखियो । हजारौ, यूवायूवती प्रदिपसँगै रमाए भने केहीले सेल्फीका लागि तछाडमछाड पनि गरे ।
साउन १३ गतेबाट चल्ने सांगीतिक प्रेम कथालाइ हेरेर माया गरिदिन निर्माता सन्तोष सेन, नायक प्रदिप खड्का र नव-नायिका अश्लेषा ठकुरीले दर्शकसँग आग्रह गरे । निर्माता सेनले भने-‘मलाई हामी बल्ल वास्तविक दर्शकसम्म पुग्न सक्छौ भन्ने लागेको छ ।’ रामशरठ पाठक निर्देशित यो चलचित्रले आक्रामक इनिसियल व्यापार गर्ने अनुमान धेरैले गरेका छन् ।

उच्च मेकिङ, कथावस्तु, नामको ब्रान्ड, प्रदिपको क्रेज आदिका कारण चलचित्रले इनिसयल व्यापारबाटै लोभलाग्दो कमाइ गर्ने चलचित्र पण्डितहरुको विश्लेषण छ । चलचित्रले राम्रो समिक्षा पाएको खण्डमा निर्माता सेनले नेपालबाटै लगानी उठाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment