Comments Add Comment

रुकुमको दलित गाउँमा ब्राह्मण जाँदैनन्, खल्लो भयो नागपञ्चमी र रक्षावन्धन

१५ साउन, रुकुम । रुकुमको आठबीसकोट नगरपालीका–११ आठबीसडाँडागाउँ जातीय छुवाछुत मुक्त गाउँ हो । त्यहाँ ६१ घरधुरी दलित परिवारको बसोबास छ । गत वर्ष आठविसडाँडागाउँलाई जातीय छुवाछुत मुक्त घोषणा गरिए पनि छुवाछुत भने अझै हट्न नसकेको पाइएको छ ।

कागजमा जातीय भेदभाव अन्त्य भए पनि व्यवहारमा त्यस्तो नभएको त्यसक्षेत्रका स्थानीयको गुनासो छ ।

जातीय भेदभावकै कारण कतिपय चाडपर्व दलि समुदायका लागि खल्लो महसुस हुने गरेको छ । चाडपर्वले यो समुदायमा हर्ष र उल्लास भन्दा पनि खिन्न बनाउने गरेको स्थानीय बताउँछन् ।

आफूहरुले लामो समयदेखि दलित समुदायमा विभिन्न धार्मिक क्रियाकलापहरु संचालन गर्न माग गरे पनि ब्राह्मणहरु आफ्नो समुदायमा आउन नमानेको स्थानीय विमला बिकले बताइन् । ‘चाडपर्वहरु आउँछन् तर व्राह्मणहरु हाम्रो टोल छिमेकमै आउँदैनन्’, विकले भनिन्, ‘ब्राहमणहरु नआउँदा साह्रै मन दुख्छ ।’

नगरपालिकाको ११ वडा अर्थात तत्कालीन आठविडाँडागाउँ गाविसलाई गत वर्ष नै जातीय भेदभाव मुक्त घोषणा गरिएको थियो ।

त्यहाँका दलित वस्तीहरुमा यो वर्षको नाग पञ्चमी तथा रक्षाबन्धन पनि खल्लो भयो । आसपासका गाउँहरुमा धागो बाध्न ब्राह्मणहरु पुगे पनि डाँडागाउँमा पुगेनन् । ‘हामी कहाँ त धागो बाध्न कोही आएनन्,’ बिकले गुनासो गरिन् ।

गैरदलित समुदायमा पुगेर नाग पूजा गर्नुका साथै रक्षा बन्धन बाधे पनि दलित समुदायमा भने ब्राह्मनहरु नपुगेको उनको भनाइ छ ।

रुकुमका अधिकांश गाउँहरु जातीय भेदभाव मुत्त, घोषणा भइसकेका छन् ।

यसअघि नै नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि दलितहरुमाथि अझै छुवाछूत कायम रहेको अधिकारकर्मी पुष्प वादीले बताए ।

सरकारले बनाएको कानुन लागू गर्न नसक्दा दलित समुदायहरु अझै पनि छुवाछूतबाट शिकार हुन पुगेको वादीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment