Comments Add Comment

एप्पलले बेच्यो १ अर्ब २० करोड आइफोन, साढे २ खर्ब डलर नगद


विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड एप्पलले अहिलेसम्म १ अर्ब २० करोड भन्दा धेरै आइफोन बिक्री गरेको छ । पछिल्लो त्रैमासिकमा मात्र उसले ४ करोड १० लाख गोटा आइफोन बेचेको छ । एप्पलले १० वर्ष पहिले आफ्नो पहिलो संसकरणको आइफोन सार्वजनिक गरेको थियो ।

उपभोक्ताहरु आगामी आइफोन एटको प्रतिक्षामा रहेको वर्तमान समयमा समेत एप्पलले आफ्ना पूराना संस्करणका आइफोनको सन्तोषजनक व्यापार गरेको हो ।

मंगलबार सार्वजनिक भएको एप्पलको त्रैमासिक रिपोर्ट अनुसार अप्रिल देखि जून सम्मको त्रैमासिकमा एप्पलको आम्दानी गत वर्षको सोही अवधिमा भन्दा ७ दशमलब २ प्रतिशतले बढेको छ । आगामी अक्टोबर वा नोभेम्बर सम्ममा एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन एट ल्याउँदैछ ।

रिपोर्ट अनुसार एप्पललको नगद मौज्दातमा समेत पछिल्लो एक वर्षमा १४ प्रतिशतले वृद्धि भएको छ । अहिले एप्पलसँग २ खर्ब ६१ ऋर्ब ५० करोड डलर नगद रकम बैंकमा मौज्दात रहेको छ ।

गत त्रैमासिकमा एप्पलको राजश्व आम्दानी ४५ अर्ब ४१ करोड डलर पुगेको छ । जबकी विश्लेषकहरुले एप्पललको त्रैमासिक राजश्व आम्दानी ४४ अर्ब ८९ करोड डलर हुने अनुमान गरेका थिए ।

यस अवधिमा कम्पनीको खुद आम्दानी ८ अर्ब ७२ करोड डलर पुग्यो, जुन प्रति शेयर १.६७ डलर हो ।

एप्पललका अनुसार एयरपड वायरलेस हेडफोनको माग निकै उच्च रहेको हुँदा आपूर्तिमा हम्मे हम्मे परेको छ ।

एप्पलले पछिल्लो रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा मंगलबार ३.१ प्रतिशत वृद्धि भएर प्रतिशेयर १५४.६४ डलर पुगेको छ ।

पछिल्लो त्रैमासिकको डाटा अनुसार आइफोन सेभेनको बिक्रि स्थिर देखिएको छ तर म्याक र आइप्याडको बिक्रिमा भने नाटकीय बढोत्तरी भएको छ ।

धेरै आइफोन प्रयोकर्ताहरु अहिले आइफोन एटको प्रतिक्षामा छन् । नयाँ फोन किन्ने वा पूरानोमै फिचर्स अपग्रेड गर्ने भन्ने निर्णयका लागि उपभोक्ताहरु आइफोन एट पर्खिरहेको हुँदा पनि अहिले आइफोन सेभेनको बिक्रि स्थिर बनेको हुनसक्छ ।

मिडिया रिपोर्ट अनुसार यसअघि सेप्टेम्बरमा आउने भनिएको आइफोन एट आउन केही ढिलो हुने भएको छ । उत्पादन सम्बन्धी समस्याका कारण आइफोन एट अक्टोबर वा नोभेम्बरमा मात्र सार्वजनिक हुने बताइएको छ ।

एप्पलले जुलाई देखि सेप्टेम्बर सम्मको चालू त्रैमासिकमा कम्पनीको अनुमानित आम्दानीको प्रक्षेपण पनि सार्वजनिक गरेको छ । जस अनुसार यस अवधिमा एप्पलको राजश्व आम्दानी ४९ अर्ब देखि ५२ अर्ब डलर सम्म हुनेछ । विश्लेषकहरुले चाहीँ यो त्रैमासिकमा एप्पलले ४९.१ ऋर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment