Comments Add Comment

नमूना नेपाल निर्माणमा सिटी एक्सप्रेसले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग


२० साउन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले बनाउने योजनामा रहेको नमूना नेपाल निर्माणमा सिटी एक्सप्रसले सहयोग गर्नेे भएको छ ।

 

युनाइटेड अरब ईमिरेट (युएई) को अल अन्सारी एक्सचेन्जबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारको आधारमा २० रुपैयाँको दरमा सहयोग गरिने कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिए ।

 

सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत नेपालबाट रोजगारी लगायत विभिन्न पेशा व्यवसायका लागि विदेशमा गएका नेपालीहरुले रेमिट्यान्स पठाउदै आएका छन् । कम्पनीले विभिन्न प्रकारका धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै सहयोग सोत प्रदान गर्दै आईरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment