Comments Add Comment

स्वाइन फ्लूबाट बच्न स्याङजाका विद्यालय एक हप्ता बन्द

२० साउन, पोखरा । छिमेकी नगरपालिकामा स्वाइन फ्लूका बिरामी भेटिएपछि स्याङजाको भीरकोट नगरपालिकाका विद्यालयहरु एक हप्ताका लागि बन्द गरिएको छ ।

वालिङ नगरपालिकामा स्वाइन फ्लूका विरामी भेटिएपछि सतर्कता अपनाउन भन्दै नजिकैको भीरकोट नगरपालिकाका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको हो ।

वालिङमा स्वाइन फ्लू भेटिएको पुष्टी भएपछि सर्न नदिनको लागि सर्तकर्ता स्वरुप यही साउन २२ गतेदेखि २८ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न आहृवान गर्दै भिरकोट नगरपालिकाले विज्ञप्ती निकालेको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज ढुङगानाले शुक्रबार जारी गरेको विज्ञप्तीमा अहिलेको विद्यालय बन्दको सोधभर्ना दशैं विदाबाट गरिने उल्लेख छ ।

विज्ञप्तीमा स्वाइन फ्लू र संक्रमणबाट जोगिनको लागि बंगुर र सुँगुरको बिक्रिवितरण बन्द गर्न र उपभोग नगर्न पनि आग्रह गरिएको छ ।
नगरपालिकाले स्वाइन फ्लूबाट बच्नका लागि एक आपसमा हात नमिलाउन, भिडभाडमा नजान, सफा सुग्घर बस्न र मास्कको प्रयोग गर्न पनि नगरबासीमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment