Comments Add Comment

पहिरोले गुल्मी सदरमुकामको पाँच घर जोखिममा

३१ साउन, गुल्मी । अविरल वर्षासँगै गुल्मीको सदरमुकाम नजिकै पाँचवटा घर जोखिममा परेका छन् ।

निर्माणधीन तम्घास खाम्से पानी सड्क खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर ७ स्थित बेतुखर्कको घरमुनीबाट पहिरो जाँदा ५ घर पहिरोको जोखिममा परेको हो ।

सडक बिस्तारको क्रममा गत वर्षको जेठमै सुख्खा पहिरोबाट सामान्य जोखिममा रहेका उक्त घरहरुले वषर्ातसँगै पहिरोको उच्च जोखिममा छन् । पहिरोबाट पदमबहादुर बिष्ट, लक्ष्मी कुवँर, जितेन्द्र भुसाल, धनिश्वर पाण्डेय, युवराज खनालको घर जोखिममा छन् ।

जोखिममा परेका ५ घर मध्ये पदम बिष्टको घर उच्च जोखिममा छ । उनको तीनतले पक्की घर पछाडीबाट पहिरो झरेको छ ।

‘सामान्य पहिरो गएकै अबस्थामा प्रशासन, सड्कमा निबेदन पनि दिएको हुँ’, उनले भने ‘कतैबाट सुनुवाई नै भएन् ।’ ठेकेदारले उक्त स्थानबाट थप गिटी वालुवाको लोभले चाहिने भन्दा पनि वढी माटो कटौती गर्नाले पहिरो गएको बिष्टको आरोप छ ।

पहिरोले घर जोखिममा परेपछि विष्ट परिवार अन्यत्र सरेका छन् । निर्माणाधीन तम्घास खाम्सेपानी सडक लोहोनी कन्ट्रक्सनले दुइ वर्ष अघिबाट निर्माण गर्दै आएको छ ।

पहिरो गएको स्थानमा सदरमुकाम तम्घासको डम्पिङ साइटसँगै छ । सोहि स्थानबाट खानेपानीको पम्पीङ्ग समेत गरिएको छ । ठुलै पहिरो गए सयौं घर खानेपानीबाट प्रभावित हुनेछन् ।

जिल्लाको उच्च स्तरीय टोली पहिरोको अनुगमनमा

वस्ती नै जोखिममा पार्ने गरी सदरमुकाममै गएको पहिरोको जिल्लाको उच्चस्तरीय टोलीले अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांना, स्थानी य बिकास अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी अनुराग दुबेदी, जिल्ला वन अधिकृत बिशाल घिमिरे, भुसंरक्षण अधिकृत, नेपाली सेनाका प्रमुख, शसस्त्र प्रहरी वलका प्रमुखसहित बिभिन्न कार्यालयका प्रमुखहरुले अनुगमन गरेका छन् ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी ढुंगानाले तत्काल पहिरो हटाउन थालिए ठूलै पहिरो जानसक्ने खतरा रहेकोा भन्दै सडक खोल्नका लागि पहिरो नहटाउने बताए ।

‘तत्काल केहि गर्न सकिँदैन’ प्रजिअ ढुगांनाले भने ‘वषर्ात रोकिएपछि केही उपाए अपनाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment