Comments Add Comment

३३ किलो सुन तस्करीका मुख्य आरोपीलाई नेपाल ल्याइयो

५ भदौ, काठमाडौं । ३३ किलो सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ ।

पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो ।

तर, पन्थले प्रहरी सामू आत्मसर्पण गरेनन् । उनी भागेर नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका थिए । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाकी एसपी किरण बज्राचार्यका अनुसार पन्त ७० दिन दुबई प्रहरीको हिरासतमा रहे ।

त्यहाँका कानुन अनुसार कारबाही गरेपछि दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई सोमबार नेपाल ल्याएको हो ।

पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment