+
+
Shares

त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारलाई प्राध्यापकले थुने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ६ गते १८:१८

६ भदौ, काठमाडौं । आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई कोठाभित्रै थुनेका छन् । आन्दोलनरत प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खु परिसरभित्र साढे चार बजेदेखि थुनेर राखेका हुन् ।

आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै प्राध्यापकहरु गत वैशाख १ गतेदेखि चरणवद्ध आन्दोलनमा छन् ।

आंशिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले अनलाइनखबरसँग भने, ‘जबसम्म हाम्रा माग पूरा हुँदैनन् तबसम्म कार्यकक्षबाट बाहिर जान दिँदैनौं ।’

यसअघि त्रिविको मुख्य गेटमा अनसन बसेका प्राध्यापकहरुले केही दिनयता प्रधानमन्त्री निवास बालुवटारमा धर्ना दिँदै आएका छन् । आज पनि धर्नाको कार्यक्रम सकेर बल्खु पुगेका उनीहरुले भीसी, रेक्टर, र रजिष्ट्रारलाई थुनेका हुन् ।

कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आंशिक प्राध्यापकहरुको माग सम्बोधनका लागि सकारात्मक भए पनि त्रिवि पदाधिकारीले चासो नदिएको आंशिक प्राध्यापकहरुको आरोप छ ।

अध्यक्ष शर्माले भने, ‘कुलपति ज्यूले हाम्रा माग सम्बोधन गर्न भनेर यसअघि नै भनिसक्नु भएको छ । तर टियूका पदाधिकारीले वास्ता गर्नुभएको छैन ।’

माग सम्बोधनका लागि सरकारलाई दबाव दिने उद्देश्यले गत साउन २६ गते त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेर पठन पाठन ठप्प पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?