Comments Add Comment

हिरोलेे नाडाका अवसरमा ल्यायो २ नयाँ स्कूटर (भिडियोसहित)


१३ भदौ, काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले नेपाली बजारमा दुईवटा नयाँ स्कूटरहरू माइस्ट्रो एज र नयाँ प्लेजर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नाडा आटो शोमा हिरोले आफ्ना नयाँ स्कुटरहरु सार्वजनिक गरेको हो । पूर्व अर्थमन्त्री डा. रुप ज्योतिले नयाँ स्कुटरको अनावरण गरे । माइस्ट्रो-एज ब्वाइजका लक्षित गरिएको स्कुटर हो ।

माइस्ट्रो एज

नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजले हिरोको प्रविधि तथा नँया आविष्कार प्रतिको कुशलतालाई पुष्टी गरेको छ । यो स्कूटरले संसारभरिका उपभोक्ताहरूका आवश्यकताहरूको परिपुर्ति गर्ने हिरोको क्षमता पनि देखाएको छ ।

बीएस४/११०.९ सिसीको एयर-कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो माइस्ट्रो एजलाई ७५००आरपीएममा ८ बिएचपी को अधिकतम् पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम टर्क दिन्छ ।

यो बाइकमा इ-कोडसहितको चाबी छ । मोबाइल चार्जिङ पोर्ट पनि छ । सिट र ˆयुल-लिड खोल्नेरिमोट कन्ट्रोल । सर्भिस ड्यु र साइड स्टयाण्ड इण्डिकेटर । डिजिटल तथा एनालग भएको मिटर कन्सोल सुविधा पनि छ ।

एक्स्टर्नल फ्युलफिलिंग सिस्टम र फ्रन्ट र अन्डर सिट लगेज हुक सिस्टम पनि यसमा छ । आकर्षक टाइटेनियम मफ्लर कभर तथा प्रोटेक्टर पनि यसमा छ ।

माइस्ट्रो एजमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम पनि छ । टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र अगाडि १२ इञ्चका पांग्रा भएकोले सन्तुलनमा वृद्धि हुनुका साथै आरामदायी यात्राको अनुभूति दिन्छ ।

हिरो माइस्ट्रो एज तीन उत्कृष्ट रंगहरूमा-टेक्नो ब्लु, क्याण्डी ब्लेजिङ र प्यान्थर ब्ल्याकमा उपलब्ध छ । माइस्ट्रो एजको मूल्य १ लाख ८१ हजार कायम गरिएको छ ।


न्यू प्लेजर

प्लेजर स्कुटरले उपभोक्ताहरुलाई दिइरहेको सन्तुष्टी कै कारण १० वर्ष देखि बजारमा ग्राहकहले मन पराइरहेका छन् । यसमा बीएस-फोर/१०२ सिसीको एयर-कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिन छ । हिरो प्लेजरले ७००० आरपीएममा ६.९ बिएचपीको अधिकतम् पावर दिन्छ र ५००० आरपीएममा ८.१ एनएमको अधिकतम् टर्क दिन्छ ।

स्कुटरमा मोबाइल चार्जिङ पोर्ट, साइड स्टयाण्ड इण्डिकेटर र बुटलाइट लगायत विविध आकर्षक विशेषताहरु छन् ।

साथै,आरामदायी यात्रा र सन्तुलनमा सुधारको लागि यसमा जडित छ । हिरो पेटेन्टेड इन्टिग्रेटेड ब्रेकिङ सिस्टम पनि यसमा जोडिएको छ ।

न्यू प्लेजर नयाँ आकर्षक बडी ग्राफिक्स सहित ३ चम्किलारंगहरू फायरी रेड, म्याट ग्रे र सेतोमा उपलब्ध छ ।

न्यू प्लेजरको सुरूवाती मूल्य १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment