
४ चैत, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।
‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनुहुनेछ जसमा उहाँले एक लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।
‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा हामीले गरेका छौं । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनुहुनेछ । यो डबल बोनान्जा अफर हो,’ एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सिइओ चिरञ्जीवी शाहले भने ।
‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौं कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो’, उनले थपे ।
नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन -एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी हुने कम्पनीको दाबी छ ।
प्रतिक्रिया 4