Comments Add Comment

अबको ८७ दिनमा कमोडिटी नियमावली आउने, आगामी बर्षबाट सेयर बजारमा प्यान अनिवार्य


१५ भदौं, काठमाडौं । धितोपत्र बोर्डले अबको ८७ दिनभित्र बस्तु बजार (कमोडिटी) बजार नियमनको लागि नियमावली बनाउने भएको छ । पहिलो पटक बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा धितोपत्र बोर्डले यस्तो जानकारी दिएको हो ।

राष्ट्रपती विद्यादेवी भण्डारीले गत सोमवार बस्तु बजार ऐन प्रमाणित गरेकी हुन् । ऐन प्रमाणित भएको ९१ दिनभित्रमा नियमावली जारी गर्नुपर्छ । बोर्डले अर्गानाइजेशन र म्यानेजमेन्ट सर्वे गरेर सोही अनुसार नयाँ संगठन संरचना तथा जनशक्ति व्यवस्थापन गर्ने भएको छ ।

धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७५/७६ बाट सेयर बजारमा कारोबार गर्न प्यान (स्थाइ लेखा नम्बर) अनिवार्य गर्ने नीति समेत सार्वजनिक गरेको छ । नगरपालिकाबाट जारी हुन सक्ने ऋणपत्र (मुन्सिप्यालिटी बण्ड) को व्यवस्था मिलाउन अध्ययन गर्ने देखि प्रादेशीक क्षेत्रीय कार्यालयहरुको स्थापना गर्नेसम्मको योजना सार्वजनिक गरेको हो ।

बोर्डले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्व रहनेगरि १० करोड चुक्ता पुँजी सहितको धितोपत्र बजार प्रशिक्षण संस्था स्थापना गर्ने, ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ र डिलरसीप दिने विषयमा अध्ययन गर्ने लगायतका योजना पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment