Comments Add Comment

शाओमीको एक्सचेन्ज अफर- जुनसुकै फोनसँग नयाँ शाओमी साट्न सकिने

१८ भदौ, काठमाडौं । शाओमी (एमआई ब्राण्ड) स्मार्टफोनले नेपाली प्रयोगकर्तालाई स्मार्टफोन एक्सचेन्ज अफर ल्याएको छ ।

दशैं अगावै पुरानो फोन बोकिरहेका प्रयोगकर्ताले नयाँ फोन बोक्न पाउन भन्ने हेतुले शाओमीको नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले यो योजना ल्याएको हो ।

अब ग्राहकले जुनसुकै ब्राण्डको पुरानो फोन सेट लगेर उचित मूल्याङ्कन गराई मी ब्राण्डका नयाँ फोन सेट ल्याउन पाउनेछन् ।

एक्सचेन्जबाट प्राप्त नयाँ फोनसेटमा ग्राहकले दुई बर्षको वारेन्टी, १ वर्षको निशुल्क इन्सुरेन्स, सून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा, निःशुल्क टेम्परड ग्लास तथा पछाडीको कभर पाउनेछन् ।

साथै हिराको सेट खरिद गर्दा १० हजार रुपैयाँसम्म छुट र मी फोनको निःशुल्क स्वास्थ्य परिक्षण सुविधा पनि ग्राहकले पाउनेछन् ।

यो योजना भाद्र १६ गतेदेखि भाद्र २४ गतेसम्म लागू हुनेछ ।

सुन्धारास्थित सीटीसी मलको भूईँ तल्लामा गई यो महापर्वको अफरमा सहभागी बन्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment