Comments Add Comment

माग्ने भन्छन्-‘पुरानै कथामा ‘मेरी बास्सै’ ल्याउनुको अर्थ छैन'(भिडियो)


२ बर्ष अगाडि नेपालमा सिरियलको दबदबा नै थियो । विशेषगरि, हाँस्य रसका सिरियलले टेलिभिजनमा निकै चर्चा पाए । तर, पछि विभिन्न लफडाका कारण सबै सिरियल बन्द भए ।

तर, २ बर्षपछि फेरि सिरियलको यूग सुरु हुन लागेको छ । ‘जीरे खुर्सानी’ नामक सिरियल लिएर कलाकार जितु नेपाल फर्किसकेका छन् । ‘परिचय’ नामक सिरियल १० बर्षपछि सुरु भएको छ । २ बर्ष अगाडि चर्चित बनेको ‘मेरी बास्सै’ पनि दर्शकका लागि प्रतिक्षामा छ ।

‘मेरी बास्सै’का निर्देशक तथा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पुरानै शैलीमा सिरियल ल्याउनुको अर्थ नभएको बताउँछन् । उनी भन्छन्-‘दर्शकले पनि नयाँ कथा खोज्नु भएको हुन्छ । पुरानै डिजाइनमा आउनुको अर्थ छैन ।’

उनले भारतीय टेलिभिजनमा कपिल शर्माले नयाँ शैलीको कमेडी शो ल्याएका कारण चलेको बताए । चलचित्र निर्माण तथा अभिनयमा समेत लागेका केदारले चलचित्र बनाउन पनि गाह्रो हुने बताए । उनले भने-‘सिरियल भनेको दुध जस्तै हो । चलचित्र भनेको खुवा हो ।’ चलचित्रमा निकै राजनीति भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment