Comments Add Comment

बाल यौन शोषण प्रकरणले सरकार ढल्यो


३० भदौ, काठमाडौं । बाल यौन शोषण गर्ने व्यक्तिसँग प्रधानमन्त्री बिआर्नी बेनेडिक्सनको नाम जोडिएपछि आइसल्याण्डमा सत्ता गठवन्धन भत्किएको छ ।
ब्राइट फ्युचर पार्टीले नौ महिना अघि बनेको तीन पार्टीको गठवन्धनबाट हट्ने घोषणा गरेको छ ।

यसअघि बेनेडिक्सनका बुबाले बच्चाको यौन शोषणमा दोषी एक व्यक्तिलाई सिफारिस गरेका थिए ।

आइसल्याण्डमा कुनै पनि अपराधमा दोषी ठहर भएका व्यक्तिले आफ्नो ‘सम्मान फेरि प्राप्त’ गर्नुपर्छ । यसका लागि सिफारिस पत्र चाहिन्छ । यो पाएपछि दोषीको नाम आपराधिक रेकर्डबाट हटाइनेछ र उनलाई काममा र्फकन अनुमति दिइनेछ ।

बेनेडिक्सनका बुबाले यस्ता व्यक्तिका लागि सिफारिस पत्र दिए, जसले १२ वर्षसम्म हरेकदिनजसो आफ्नो सौतेनी छोरीलाई बलात्कार गरेकोमा दोषी ठहर भएका थिए ।

यो सार्वजनिक भएपछि आइसल्याण्डबासी आश्चर्यमा परे । साथै सरकारले यसलाई ढाकछोप गर्न खोजेको आरोप पनि लाग्यो किनकी कसले सिफारिस गर्‍यो भन्ने बताइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment