Comments Add Comment

मुकेशलाई किन लाग्यो अनिलको माया ?

काठमाडौं । १० वर्ष पहिले अनिल अम्बानीले दाइ मुकेश अम्बानीमाथि १० हजार करोडको मानहानी मुद्दा हालेका थिए ।

मुकेशले न्यूयोर्क टाइम्समा अन्तर्वार्ता दिएका थिए, जसमा उनले भाइ अनिलमाथि अंशबण्डा हुनुअघि आफ्नोविरुद्ध लविइस्ट र जुसुसको एक टिम खटाएको आरोप लगाएका थिए । यो अन्तर्वार्तापछि अनिलले मनहानीको मुद्दा हाले ।

यो साता अनिलको विल्कुल अलग बयान आयो । अनिल अम्बानीले भनेका छन्, ‘मेरा आदरणीय दाइ र भाउजुलाई हृदयदेखि नै आभार । मुश्किल क्षणमा मलाई साथ दिनुभयो ।’

मुकेशले आफ्नो भाइको ऋण तिरिदिएर जेल जानबाट बचाएका छन् । पिताको मृत्युपछि दुई भाइमा कठोरताको सबै हद सार्वजनिक भयो । धिरुभाइ अम्बानीको कारोबारी साम्राज्य रिलायन्सका सिक्का दुइ भागमा बाँडियो ।

स्वीडेनको कम्पनी एरिक्सनको ७.७ करोड डलर आर्थिक दायित्व अनिल अम्बानीले २० मार्चसम्म तिर्नुपर्ने थियो । सर्वोच्च अदालतले भनेको थियो, यदि उनले रकम तिरेनन् भने तीन महिना जेल सजाय हुनेछ ।

अनिलले गत वर्ष नै यो रकम दिने बाचा गरेका थिए तर, त्यो पूरा नगरेपछि अदालतले अवहेलनाको मुद्दामा दोषी ठहर गर्‍यो । अनिल अम्बानीको कम्पनी आरकम यो रकम जुटाउन असफल भयो र मुकेश अम्बानीले ‘मुक्तिदाता’ बनेर आए ।

अदालतले तोकेको समयसीमाको दुई दिन पहिले एरिक्सनले भन्यो कि आरकमले ब्याजसहित सबै रकम दियो । त्यसपछि यो रकम कहाँबाट आयो भनेर खोजी सुरु भयो ।

राति अबेर अनिल आफैंले जवाफ दिए । उनले भनेका छन् कि अतीतको तिक्तता भुलाएकोमा दाइप्रति आभारी छु ।

दुई भाइको अतीत नाटकीय छ । यस्तो त्यस बेलादेखि छ, नवभारतको कारोबारी संसारमा अम्बानी परिवारको दबदबा रहृयो । धिरुभाइ अम्बानीको मृत्यु भएको तीन वर्षपछि रिलायन्स ग्रुप दुई भाइबीच भागवण्डा भयो । मुकेशको भागमा पेट्रोलियम उत्पादनसँग जोडिएको कारोबार पर्‍यो भने अनिलको भागमा सम्भावनाले भरिएको क्षेत्र टेलिकम, उर्जा र फाइनान्स पर्‍यो ।

दुई भाइबीच तनावको स्थिति भागवण्डा अगाडि नै थियो तर, अलग भएपछि त्यो उत्कर्षमा पुग्यो । अनिलले दाइ मुकेशमाथि उनको नयाँ पावर प्लान्टमा सम्झौताको हिसाबअनुसार ग्यास आपूर्ति नगरेको आरोप लगाए ।

मुकेशले दक्षिण अफ्रिकाको टेलिकम कम्पनी एमटीएनलाई अनिलको टेलिकम कम्पनी आरकममा प्रस्तावित विलय रोकेका थिए ।

पछिल्लो वर्षमा भने दुई भाइको दुश्मनीको असर कम हुँदै गएको थियो । यस्तोमा दुबैका बीचमा श्रेष्ठतालाई लिएर प्रतिस्पर्धा पनि अन्त्य भयो । आजको दिनमा मुकेश अम्बानीको रिलायन्स इन्डस्टि्रजको मार्केट भ्यालु १२४ अर्ब डलरमाथि पुगेको छ । मुकेशको नयाँ टेलिकम कम्पनी जियोलाई लिएर पनि लगानीकर्तामा भारी उत्साह छ ।

अर्कोतर्फ अनिल अम्बानीको लिस्टेड कम्पनीको मार्केट भ्यालु घटेर २ अर्ब डलरमा पुगेको छ । अवस्था यस्तो भयो कि अनिल ६.७ करोड डलरसमेत जुटाउन नसक्ने भए ।

२००८ मा उनी फोब्र्सको सूचीमा ४२ अर्ब डलर सम्पत्तिका साथ विश्वको आठौं अर्बपति थिए । अहिले मुकेश ५० अर्ब डलर निजी सम्पत्तिका साथ एसियाका सबैभन्दा धनी बनेका छन् । यस्तोमा भाइको ऋण तिरिदिनु उनका लागि ठूलो विषय होइन ।

यसबारे मुकेश मौन छन् ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment