+
+
Shares

लसुनको मूल्य घट्यो, किलोको कति ?

आज चाइनिज लसुनको मूल्य किलोमा ३४ रुपैयाँ घटेको छ । नेपाली लसुनको मूल्य भने स्थिर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १२:४०

२६ वैशाख, काठमाडौं । स्थानीय बजारमा लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार लसुनको मूल्य घटेको हो ।

आज चाइनिज लसुनको मूल्य किलोमा ३४ रुपैयाँ घटेको छ । बिहीबार कालीमाटी बजारमा लसुनको मूल्य थोकमा प्रतिकिलो ३ सय १० रुपैयाँ थियो । आज लसुनको थोक मूल्य २ सय ७६ रुपैयाँ कायम छ ।

यस्तै नेपाली लसुनको मूल्य भने स्थिर छ । बजारमा नेपाली लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

पछिल्लो समय चीनबाट लसुन आयात ह्वात्तै बढेको छ । पुस २०८१ मा चीनबाट लसुन आयात अस्वाभाविक बढेको भन्दै आलोचना भएको थियो ।

आलोचनापछि आयातमा कडाइ गरिएको थियो । गत माघ र फागुनमा आयात घट्दा फेरि चैतमा आएर लसुन आयात दोब्बरले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (चैत मसान्तसम्म) मा ४ करोड ९० लाख ११ हजार ९ सय २३ किलो लसुन आयात भएको छ । उक्त लसुनको मूल्य ६ अर्ब ४५ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबर रहेको विभागको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?