+
+
Shares

नेपाली लसुनको मूल्य बढ्यो, चिनियाँको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा नेपाली सुकेको लसुनको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेर २ सय ३५ रुपैयाँ पुगेको छ।
  • चिनियाँ सुकेको लसुनको मूल्य घटेर प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको मूल्य तथ्यांक सार्वजनिक गरेको छ।

६ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको नेपाली लसुनको मूल्य बढ्दा चिनियाँको घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार लसुनको मूल्यमा घटबढ देखिएको हो ।

आज आइतबार सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत १५ रुपैयाँ बढेको छ ।

हिजो शनिबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज २ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी आइतबार सुकेको चिनियाँ लसुनको भाउ घटेको छ । उक्त लसुन आज प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

हिजो शनिबार सुकेको चिनियाँ लसुन प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?