
२२ असोज, काठमाडौं । स्थानीय बजारमा हरियो लसुन र हरियो धनियाँको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार हरियो लसुन र हरियो धनियाँको भाउ घटेको देखाएको हो ।
आज हरियो लसुनको भाउ थोकमा प्रतिकिलो ४४ रुपैयाँ घटेको छ ।
मंगलबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार भने हरियो लसुनको भाउ प्रतिकिलो २ सय ४६ रुपैयाँ कायम छ ।
यस्तै हरियो धनियाँको भाउ पनि आज बुधबार ८८ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो १ सय ९६ रुपैयाँमा किनबेच भएको धनियाँ आज भने १ सय ८ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4