Comments Add Comment

सिरहा १ मा फोरमले अघि सार्‍यो उपेन्द्र यादवको नाम

कांग्रेस पराजयको घाउ मेटाउन भेडेटारतिर, फोरमका सबै उम्मेदवार सिफारिस

२२, असोज । स्थानीय निर्वाचनको चटारोबाट मुक्त नहुँदै सिरहामा राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी चयनमा जुटेका छन् । संघीय समाजवादी फोरम बाहेक अन्य दल गृहकार्यमै छन् । संघीय फोरमले भने उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव सिरहा १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिका सहितको यो क्षेत्रबाट एमालेले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरे लगत्तै फोरमले यादवको नाम प्रस्ताव गरेको हो ।

लहान नगरपालिकाको चुनावमा एमालेले कांग्रेसलाई पराजित गर्दा फोरम तेस्रो स्थानमा थियो । सो क्षेत्रबाट यादवसँगै केन्द्रीय सदस्य सत्यनारायण यादवको नाम पनि सिफारिस भएको छ ।

संघीय समाजवादी फोरमले सिरहाका चारैवटा निर्वाचन क्षेत्रमा पतिनिधिसभा र प्रदेश सभा निर्बाचनको लागि आफ्ना सबै उम्मेद्धारको नाम टुङ्ग्याएको छ ।

क्षेत्र नंम्बर २ मा विजय यादवको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नंम्बर तीन ३ मा अशेश्वर यादव र शत्रुधन सिंह, क्षेत्र नम्बर चारमा बिरेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

संघीय फोरमले प्रदेश सभा निर्वाचनको लागि पनि सबै निर्वाचन क्षेत्रमा आफना उम्मेद्धारको नाम टुङ्गो लगाएको छ ।

कांग्रेसको गेट टु गेदर भेडेटारमा

स्थानीय तह निर्बाचनमा पार्टीको आन्तरिक कलहले ठूलो धक्का खाएको कांग्रेसले प्रचण्ड गर्मी छल्दै धनकुटाको भेडेटारमा अगुवा कार्यकर्ता बोलाएर गेट टु गेदर गरेको छ ।

स्थानीय चुनावको कलह मेटाउन भेटेटारमा भेटघाट गरिएको स्रोतले जनाएको छ । सोमबार मात्र सिरहाका चारैवटा निर्वाचन क्षेत्रमा क्षेत्रिय बैठक बस्ने र अन्तिम नाम टुङ्गो २५ गते मात्र लगाउने कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए ।

एमाले-माओवादी छलफलमै

जिल्लामा स्थानीय तहमा ६ तह जितेर पहिलो दल बनेको माओवादी र ४ स्थानीय तह जितेको एमालेबीच केन्द्रमा तालमेल हुने निर्णयपछि जिल्लामा उम्मेदवार सिफारिसमा अन्यौल छ । कसले कुन क्षेत्र पाउने भन्ने टुंगो नलागेका कारण आन्तरिक छलफलमा जुटेका छन् ।

सिरहा क्षेत्र नम्बर एकमा प्रतिनीधिसभा निर्वाचनको लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सर्बसम्मतले सिफारिस गरेको छ ।
माओवादीसँग तालमेलको बिषयमा २४ गते मात्र केन्द्रले क्षेत्र निर्धारण गर्ने भएकाले त्यसपछि उम्मेदवारको टुंगो लगाउने एमाले जिल्ला सहसचिव अशोक यादव सर्बसम्मत रुपमा सिफारिस भएका छन् ।

माओवादी केन्द्र भने अहिले नै जिल्लामा उम्मेद्धारको अन्तिम नाम सार्वजनिक नगर्ने तर अन्तिम नामावली तयार गरेर बस्ने मनस्थितिमा छ । कुनकुन निर्वाचन क्षेत्रमा तालमेल गर्छ भन्ने विषयमा केन्द्रको बाटो पर्खेर बसेको माओवादी सिरहाकाका जिल्ला ईन्चार्ज हरिनारायण चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment