Comments Add Comment

प्रदेशसभाका ७४ सिटमध्ये एमालेलाई ४१, माओवादीलाई ३३ (हेर्नुस् सूची)

 

३ असोज, काठमाडौं । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् ।

७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ ।

प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।

चुनाबी तालमेलमा ६०/४० को भागवण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ ।

बाँकी दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि केही दिनभित्रै टुंगो लगाइने कार्यदलका एक सदस्यले अनलाइनखबरलाई बताए ।

एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ ।

त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागवण्डा गरेका छन् ।

३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१/१६को भागवण्डा गरेका एमाले र माओवादीले प्रदेशसभाका ७४ सिटमा ४१/३३ को भागवण्डा गरेका हुन् ।

प्रदेशसभामा तालमेलको सूची यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment