Comments Add Comment

रेखा र आर्यनलाई तिहार फाप्यो कि फापेन ?


चाडपर्वको समयमा नेपाली चलचित्र रिलिज गर्न निर्माताहरु लालयित हुन्छन् । यो समयमा चलचित्र रिलिज गर्दा व्यापार पनि उत्कृष्ट हुने दाबी उनीहरुको छ । कतिपय चलचित्र चाडपर्वमा चलेका छन् भने कतिपयले पानी पनि भन्न पाएका छैनन् ।

यो बर्षको तिहारमा २ नेपाली चलचित्र रिलिज भए । जसमा नायिका रेखा थापाको निर्माणमा तयार भएको चलचित्र ‘रुद्रप्रिया’ र मलिना जोशी अभिनित चलचित्र ‘रानी’ थिए । चलचित्र ‘रानी’को व्यापार त निकै फितलो रह्यो ।

रेखा र आर्यन सिग्देल जोडीलाई तिहार फाप्यो कि फापेन, आउनुहोस् चर्चा गरौ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको चलचित्रले समाजमा घट्ने गम्भिर बिषयलाई उठान गरेको छ । एसिड आक्रमणमा परेकी एक महिला र उसको पीडा र बदलाको कथालाई चलचित्रले उठान गरेको छ । नायिका रेखा थापा स्वयंम पनि यो चलचित्र मल्टिप्लेक्समा बढी चल्नेमा आशावादी थिइन् । तर, रेखाको अघिल्लो चलचित्र जस्तै सिंगल थिएटरमा चलचित्रले मल्टिप्लेक्सको तुलानामा व्यापार राम्रो गर्‍यो ।

‘रुद्रप्रिया’को औषत व्यापारले रेखालाई दर्शकले एक्सन लेडीकै रुपमा हेर्न चाहेको विश्लेषण पनि गरिएको छ । नायिका रेखा थापाले तिहार मनाउन काठमाण्डौ बाहिर गएका दर्शक काठमाण्डौ र्फकन थालेकाले पनि काठमाण्डौमा चलचित्रको व्यापार बढ्नेमा विश्वास व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment