Comments Add Comment

झापामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

९ कात्तिक, झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४, बर्नेमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार मेची नगरपालिका-१२ का १९ वर्षीय रेवत सेवा छन् ।

बिर्तामोडबाट इलाम जाँदै गरेको मे १ ख १९७६ नम्बरको ट्रकले इलामबाट झापा आउँदै गरेको मे ४ प ९१४८ नम्बरको स्कुटरलाई राति ८ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका रेवतको बिर्तामोडको विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment