Comments Add Comment

कृषि, कुमारी र नेपाल बंगलादेश सबैको नाफा घट्यो


२० कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा कृषि विकास बैंकको नाफा करिब १४ प्रतिशतले घटेको छ । बैंकको नाफा ३६ करोडमा सिमित भएको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा ऋणत्मक नै भएको छ । यो ६ करोडले ऋणत्मक रहेको छ । बैंकको खुद व्याज आम्दानी पनि २९ प्रतिशतले घटेको छ । यो रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट २५ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा २ प्रतिशतले घटेको छ ।

बैंकको १६ प्रतिशतले निक्षेप बढेर ९९ अर्ब रहेको छ । कर्जा ८.२ प्रतिशतले वृद्धि भएर ८८ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७५.३४ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ७३ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ६४ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ५७ करोड रुपैयाँ राखेको छ भने ४८ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ३.५४ प्रतिशत रहको छ । करिब १४३ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल करिब ११ प्रतिशतबाट घटेर ६.६६ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब २ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड पुगेको छ भने सञ्चिती ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.१६ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ४३ रुपैयाँ रहेको छ ।

कुमारी बैंक

चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा कुमारी बैंकको नाफा करिब १८.४ प्रतिशतले घटेको छ ।  बैंकको नाफा ११ करोड रुपैयाँमा सिमित भएको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ४९ प्रतिशतले घटेर ७ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी ३५ प्रतिशतले बढेको छ । यो रकम ३५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ११ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा २२ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको निक्षेप ३५ प्रतिशतले बढेर ५४ अर्ब पुगेको छ । कर्जा ४६ प्रतिशतले वृद्धि भएर ४७ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८७ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७.५९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको कुल कर्जा लगानीमा ५७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २७ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १४ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.९७ प्रतिशत रहको छ । करिब १२५ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल करिब १३.०९ प्रतिशतबाट घटेर ५.१५ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब साढे ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.०१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेश बैंक

चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा नेपाल बंगलादेशको बैंक नाफा करिब ३१ प्रतिशतले घटेको छ ।  बैंकको नाफा १५ करोड रुपैयाँमा सिमित भएको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ३२ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी ३८ प्रतिशतले घटेको छ । यो रकम २० करोडमा सिमित भएको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट २५ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा १७ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको निक्षेप ६.६१ प्रतिशतले बढेर ४२ अर्ब पुगेको छ । कर्जा करिब १३ प्रतिशतले वृद्धि भएर ३८ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९१.६८ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७७.५९ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ४७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा १८ अर्ब ४९ करोड रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १२ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात ०.७३ प्रतिशत रहको छ । करिब २१७ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल करिब १४.३७ प्रतिशतबाट घटेर ५.८२ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ४ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ३१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment