Comments Add Comment

यौन दुर्व्यबहारको बिरोधमा बिद्यार्थी र अबिभावकले गरे बिद्यायलमा तालावन्दी

२८ कात्तिक, लहान । आफ्नै बिद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने सिरहाका एक शिक्षकलाई कारबाहीको माग गर्दै बिद्यार्थी र अबिभावकले बिद्यालयमा तालाबन्दी गरेका अछन् ।

जनता माध्यमिक विद्यालय, गोलबजारका एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको भन्दै आक्रोशित स्थानीयवासी र बिद्यार्थीले बिद्यालयमा ताला लगाएपछि अर्धबार्षिक परीक्षा स्थगित भएको छ ।

विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

बालिकाले आफुमाथि शिक्षकले यौन दुबयबहार गरेको आइतबार अबिभाबकलाई बताएपछि सोमबार बालिकाका आफन्तले सोमबार बिद्यालयमा दोषी शिक्षकमाथि कार्बाहीको माग गर्दै उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment