Comments Add Comment

नवलपरासीका ४ सय ६८ भूकम्प पीडितले लिए तेस्रो किस्ता

६ चैत, नवलपरासी । पूर्वी र पश्चिम नवलपरासी गरी नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले नयाँ घर पुननिर्माणका लागि तेस्रो किस्ता रकम लिएका छन् ।

सरकारले भूकम्प प्रभावितहरुलाई निजी आवास पुनर्निर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । तीमध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ, दोस्रो किस्ता १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता १ लाख गरी ३ लाख रुपैयाँ दिने गरेको छ ।

नवलपरासीमा भूकम्पबाट पूर्ण क्षति भएको घर ८ सय ७२ घरमध्ये ८ सय ७० परिवार भूकम्प पीडितले सम्झौता गर्न आएकोमा अहिलेसम्म ५४ प्रतिशत अर्थात ४ सय ६८ घरपरिवारले तेस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कावासोतीका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपरासीमा यस कार्यालय ढिलो स्थापना भएको कारण भुकम्प पीडितलाई रकम हस्तान्तरणमा ढिलो भएको कार्कीले बताए ।
सम्झौता गर्न आएका ८ सय ७० घरपरिवारमध्ये सबैले पहिलो किस्ता लगेका छन् । ७ सय ६० घरले दोस्रो किस्ता लगेका छन् ।

कार्कीका अनुसार भवन निर्माणको सम्पूर्ण काम सकेर छानो लगाउन बाँकी भएकालाई निजी आवास पुनर्निर्माणको अनुमगन गरी तेस्रो किस्ता रकम दिने गरिन्छ ।

नवलपरासीमा २ घर भूकम्प पीडित परिवारले सम्झौता नै गर्न आएका छैनन् भने अझै चार सय २ घरले तेस्रो किस्ताको रकम लिन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment