+
+

नवलको ‘मन्द मन्द’मा शिल्पा र पुष्पलको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ६ गते ११:५४


निर्देशक नवल नेपालले चलचित्र ‘श्रीमान्’ निर्देशन गरेपछि खुबै चर्चा पाए । चलचित्र ‘लज्जा’ हिट भएपनि उनको चर्चा खासै भएन । चलचित्र ‘मंगलम’ बारम्बार पछि सरेकाले दर्शकले उनको काम हेर्न पाएका छैनन् । तर, अब उनै नेपाल नयाँ चलचित्रको निर्देशन गर्ने तयारीमा छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘मन्द मन्द’ राखिएको छ ।

नवलले यो नाम फाइनल भएको बताए । चलचित्रमा उनले नायक पुष्पल खड्का र नायिका शिल्पा पोख्रेललाई लिएका छन् । यो जोडीलाई लिएर उनले चलचित्र ‘मंगलम’ निर्देशन गरिसकेका छन् ।

चलचित्रका लागि मुख्य नयाँ नायिका आज अनुवन्धन गर्ने उनको भनाई छ । चलचित्रको छायांकन अब चाडै नै सुरु गर्ने उनले बताए । उनले भने-‘मंगलम रिलिज हुन अझै केही समय बाँकी छ । यसैले, ‘मन्द मन्द’को सबै तयारी पुरा भैसकेको छ । हामी चाडै नै छायांकनमा जानेछौ ।’

यो चलचित्रलाई रुद्र खनाल र मिनु मल्लले मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, दीपक शर्माको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?