Comments Add Comment

रामेछापमा ५८ प्रतिशत मत खस्यो, मतपेटिका सदरमुकाम ल्याइँदै

१० मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको लागि आइतबार भएको पहिलो चरणको निर्वाचन रामेछापमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

जिल्लामा करिव ५८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधकृत कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

जिल्लाका सबै मतदान केन्ऽमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको उनले बताए । बिहान चिसो भएको कारण मतदाताहरुको निक्कै पातलो उपस्थिति रहेको थियो । मध्यान्ह पछि भने मतदान केन्ऽहरुमा मतदाताहरुको भिड देखिएको थियो ।

जिल्लाका ९० मतदान स्थलका १ सय ९१ वटै मतदान केन्ऽमा विहान ७ बजेदेखिनै मतदान सुरु भएको थियो । केही मतदान केन्द्रमा सामान्य विवाद भए पनि कुनै पनि मतदान केन्द्रमा मतदान प्रक्रियामा बाधा परेन ।

निर्वाचनमा हुन सक्ने घटनालाई लिएर जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा गरिएको थियो । जसले गर्दा कुनै पनि अप्रीय घटनाहरु भने हुन पाएनन् ।

जिल्लाका सबै मतदान केन्ऽहरुमा मतदानको कार्य सम्पन्न भएपछि ती मतपेटिकाहरु संकलन गरी जिल्ला सदरमुकाम मन्थली ल्याउने तयारी सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment