+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

कसले बनाउने भए प्रदेश सरकार ? यस्तो छ हिसाब (सूचीसहित)

नेपाली कांग्रेस सबै प्रदेशमा तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १३:२१

२४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यहरुको अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ ।

प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक रुझान देखिएको छ । अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ ।

प्रदेश नम्बर १, ३ र ४ मा प्रत्यक्षतर्फ एमालेले एक्लै बहुमत ल्याउने गरी जित र अग्रता कायम गरेको छ । प्रदेश ५, ६ र ७ मा पनि एमालेकै अग्रता छ । दोस्रो स्थानमा माओवादी छ भने कांग्रेस फराकिलो अन्तरमा तेस्रा ेस्थानमा छ ।

प्रदेश नम्बर १ मा कुन दलको कति सिट ?

५६ निर्वाचन क्षेत्र रहेको प्रदेशसभा १ मा एमालेले फराकिलो अग्रता लिइरहेको छ । अहिलेसम्म एमालेका २० जना उम्मेदवार प्रदेशसभा सदस्यमा जितिसकेका छन्, जसमा मुख्यमन्त्रीका दाबेदार शेरधन राईसमेत छन् ।

मतगणना भइरहेका अधिकांश प्रदेशसभा क्षेत्रमा पनि एमाले र वामपन्थी गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रदेश नम्बर १ मा माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छन् ।

प्रदेश १ मा एमालेबाट जित्ने प्रदेशसभा सदस्य (२० सिट)

ताप्लेजुङ क– बलबहादुर साम्सोहाङ

पाँचथर क– गणेश काङमाङ

इलाम १ (क)– खिनु लिनुङ्वा

इलाम १ (ख)– काजिमान कागते

इलाम २ (क)– राम राना

झापा १ (ख)– गोपाल बुढाथोकी

धनकुटा– निरन राई/इन्द्रमणि पराजुली

भोजपुर– राजेन्द्र राई/शेरधन राई

खोटाङ (क) राजन राई

सोलुखुम्बु– उत्तमकुमार बस्नेत÷ बुद्धिकुमार राजभण्डारी

ओखलढुंगा क– अम्बिरबाबु गुरुङ

उदयपुर २ (ख)– कला घले

मोरङ १ (ख) उपेन्द्र घिमिरे

मोरङ ३ (ख) राजकुमार ओझा

मोरङ ४ (ख) जीवन घिमिरे

सुनसरी १ (क) प्रदीप भण्डारी

सुनसरी ४ (क) जगदीश कुसियत

प्रदेश १ मा माओवादी केन्द्रबाट जित्नेहरु (८ सिट)

ताप्लेजुङ (ख) टंक आङबोहाङ

पाँचथर (ख) इन्द्र आङ्बो

खोटाङ (ख) रामकुमार राई

ओखलढुंगा (ख) मोहन खड्का

उदयपुर २ (क) नारायण जर्घा मगर

झापा ३ (क) झलक दर्लामी मगर

मोरङ १ (क) कुशल लिम्बु

मोरङ ४ (क) विजयकुमार विश्वास

प्रदेश १ मा कांग्रेसका बिजेता (२ सिट)

मोरङ ३ (क) सुयर्माराज राई

मोरङ ६– चुमनारायण तबदार/केदार कार्की

प्रदेश नम्बर २ मा कसको कति सिट ?

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धनले बहुमतसहित प्रदेश सरकार बनाउने संकेत देखिएको छ । अहिलेसम्मको बिजयी संख्या र अग्रता हेर्दा मधेसवादी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याउने संकेत देखिएको हो ।

प्रदेश २ मा कांग्रेस र वामपन्थी गठबन्धनबीच दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रदेश २ मा बिजेताहरुको सूची यस्तो छ–

संघीय समाजवादी फोरम (७ सिट)

सप्तरी ४ (ख) अभिशेक यादव

धनुषा २ (क) शैलेन्द्रकुमार यादव

सिरहा २ (क) विजयकुमार यादव

रौतहट १ (ख) योेगेन्द्र राय यादव

रौतहट २ (ख) राजकिशोर यादव

वारा २ (क) शारदाशंकर कलवार

पर्सा १ (क) जतन अन्सारी

राजपा नेपालका विजेता (२ सिट)

धुनषा ३ (ख) परमेश्वर साह

रौतहट १ (क) बाबुलाल साह कानु

माओवादी केन्द्रका बिजेता (४ सिट)

सिरहा ३ (क) राजकुमार यादव

सिरहा ४ (क) दिलिपकुमार साह

रौतहट ३ (ख) कुन्दनप्रसाद कुशवाह

वारा ३ (क) ज्वालाकुमारी साह

नेपाली कांग्रेसका बिजेता (५ सिट)

धनुषा ३ (क) रामसरोज यादव

सप्तरी ३ (क) मोहम्मत समिम

रौतहट २ (क) नागेन्द्रप्रसाद सिन्हा

पर्सा २ (क) राजेश्वरप्रसाद साह

पर्सा ४ (क) शंकरप्रसाद चौधरी

नेकपा एमाले बिजेता (४ सिट)

सिरहा १ (क) लगनलाल चौधरी

रौतहट ३ (क) नागेन्द्र राय यादव

सप्तरी ४ (क) गोविन्द न्यौपाने

वारा ४ (क) सुन्दर विश्वकर्मा

प्रदेश ३ मा कसको कति सिट ?

राजधानी काठमाडौं समेटिएको सबैभन्दा ठूलो ३ नम्बर प्रदेशमा एमाले एक्लै प्रत्यक्षतर्फ बहुमत नजिक पुगेको छ । यो प्रदेशमा वामपन्थी गठबन्धनको सहज बहुमत आउने देखिएको छ ।

प्रत्यक्षतर्फ ६६ सिट रहेको ३ नम्बर प्रदेशसभामा एमाले एक्लैले २४ स्थानमा जित हासिल गरिसकेको छ भने अधिकांश स्थानमा एमालेकै अग्रता छ । माओवादीका ८ जनाले चुनाव जितिसकेका छन् । यो प्रदेशमा पनि कांग्रेस तेस्रो स्थानमा छ ।

एमालेका विजेता (२५ सिट)

रामेछाप (क) शान्तिप्रसाद पौडेल

रामेछाप (ख) कैलाशप्रसाद ढुंगेल

दोलखा (ख) पशुपति चौलागाई

नुवाकोट १ (ख) बद्री मैनाली

नुवाकोट २ (क) केशव पाण्डे

धादिङ १ (क) राजेन्द्र पाण्डे

धादिङ २ (क) रामकुमार अधिकारी

काठमाडौं १ (ख) गणेश दुलाल

काठमाडौं २ (क) सानुकुमार श्रेष्ठ

काठमाडौं २ (ख) मणिराम फुयाँल

काठमाडौं ३ (ख) रामेश्वर फुयाल

काठमाडौं ४ (ख) कुसुमकुमार कार्की

काठमाडौं ६ (क) केशव स्थापित

काठमाडौं ७ (क) वसन्त मानन्धर

काठमाडौं ८ (क) राजेश शाक्य

काठमाडौं ८ (ख) अष्टलक्ष्मी शाक्य

काठमाडौं ९ (क) अजयक्रान्ति शाक्य

काठमाडौं ९ (ख) केशव पोखरेल

काठमाडौं १० (ख) रमा आलेमगर

भक्तपुर २– शशीजंग थापा/राजेन्द्रमान श्रेष्ठ

ललितपुर २ (क) माधव पौडेल/ज्ञानेन्द्र शाक्य

ललितपुर ३ (ख) जीवन खड्का

मकवानपुर १ (ख) डोरमणि पौडेल

कांग्रेसका विजेता (६ सिट)

रसुवा (क)– प्रभात तामाङ

काठमाडौं १(क) दीपेन्द्र श्रेष्ठ

काठमाडौं ४ (क) नरोत्तम वैद्य

काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा

काठमाडौं १० (क) पुष्कर महर्जन

मकवानपुर २ (ख) इन्द्र बानियाँ

माओवादीका विजेता (८ सिट)

दोलखा (क) विशाल खड्का

नुवाकोट १ (क) राधिका तामाङ

नुवाकोट २ (ख) हिरानाथ खतिवडा

धादिङ १ (ख) शालिकराम जमकट्टेल

धादिङ २ (ख) जगत सिम्खडा

ललितपुर ३ (क) राजकाजी महर्जन

मकवानपुर १ (क) प्रेमबहादुर पुलामी

मकवानपुर २ (क) कुमारी मोक्तान

नयाँ शक्ति पार्टी (१ सिट)

रसुवा (ख) प्रेम तामाङ

प्रदेश नम्बर ४ मा कसको कति सिट ?

स्थानीय चुनावमा कांग्रेसले बहुमत पाएको प्रदेश नम्बर ४ मा प्रदेशसभामा भने प्रत्यक्षतर्फ एमाले एकल बहुमततर्फ उन्मूख भएको छ । कांग्रेस ४ नम्बर प्रदेशमा पनि तेस्रो स्थानमा पुगेको छ ।

प्रत्यक्षतर्फ ३६ सिट रहेको ४ नम्बर प्रदेशमा वामपन्थी गठबन्धनले बहुमत सिट जितिसकेका छन् । कांग्रेसलाई अब नवलपुर र स्याङ्जा बाहेक अन्यन्त्रबाट सिट थपिने आशा सकिएको छ ।

एमालेका विजेता (१३ सिट)

मुस्ताङ (क) इन्द्रधारा विष्ट

मुस्ताङ (ख) महेन्द्र थकाली

मनाङ (ख) राजिव गुरुङ

लम्जुङ (क) धनञ्जय दवाडी

लमजुङ (ख) पृथ्वीसुब्बा गुरुङ

गोरखा १ (क) लेखबहादुर थापा

गोरखा १ (ख) रामशरण बस्नेत

तनहु २ (ख) किरण गुरुङ

कास्की १ (ख) मनबहादुर गुरुङ

कास्की २ (क) कृष्ण थापा

कास्की ३ (ख) राजिव पहारी

म्याग्दी (ख) नरदेवी पुन

बागलुङ १ (क) इन्द्रलाल सापकोटा

माओवादी केन्द्रका विजेता (४ सिट)

कास्की १ (क) दीपक कोइराला

कास्की ३ (क) रामजी बराल

म्याग्दी (क) विनोद केसी

बागलुङ २ (क) चन्द्रबहादुर बुढा

कांग्रेसका बिजेता (३ सिट)

मनाङ (क) चिन्तबहादुर घले

गोरखा २ (ख) प्रकाशचन्द्र दवाडी

कास्की २ (ख) बिन्दुकुमार थापा

राष्ट्रिय जनमोर्चाका बिजेता (२ सिट)

बागलुङ १ (ख) कृष्ण थापा

बागलुङ २ (ख) टेकबहादुर घर्ती

नयाँ शक्तिका विजेता (१ सिट)

गोरखा २ (क) हरिशरण आचार्य

प्रदेश नम्बर ५ मा कसको कति सिट ?

प्रदेश नम्बर ५ पनि वामपन्थी गठबन्धन बहुमत नजिक छ । प्रत्यक्षतर्फ ५२ सिट रहेको ५ नम्बर प्रदेशसभामा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा रहेका छन् ।

एमालेका बिजेता (१५ सिट)

नवलपरासी १ (ख) अजय शाही

रुपन्देही १ (क) कृष्ण न्यौपाने

रुपन्देही २ (क) लीला गिरी

रुपन्देही २ (ख) भोजप्रसाद श्रेष्ठ

बाँके ३ (ख) बाबुराम गौतम

बर्दिया १ (क) कविराज थारु

रुपन्देही ५ (क) भूमिश्वर ढकाल

दाङ १ (ख) रेवतीरमण शर्मा

दाङ २ (क) शंकर पोखरेल

दाङ २ (ख) अमरबहादुर डाँगी

गुल्मी १ (ख) कमलराज श्रेष्ठ

दाङ ३ (ख) उत्तरकुमार ओली

पाल्पा २ (क) पुरन बज्राचार्य

गुल्मी २ (क) खड्ग केसी

प्युठान (क) हरि रिजाल

माओवादीका विजेता (१२ सिट)

बाँके १ (क) कृष्णा केसी

बाँके ३ (क) इन्द्रप्रसाद खरेल

रुपन्देही १ (ख) दधिराम न्यौपाने

बर्दिया २ (क) दीपेश थारु

रुकुम– तेजबहादुर ओली/ पूर्णबहादुर घर्ती

रोल्पा– कुलप्रसाद केसी/ दीपेन्द्र पुन

दाङ १ (क) इन्द्रजीत थारु

पाल्पा २ (ख) बसन्त घर्ती मगर

गुल्मी १ (क) सुदर्शन बराल

गुल्मी २ (ख) दिनेश पन्थी

कांग्रेसका विजेता (६ सिट)

रुपन्देही ४– अष्टभुजा पाठक/बसिउद्धिन खाँ

रुपन्देही ५ (ख) फकरुद्धिन खान

कपिलवस्तु ३ (ख) वीरेन्द्र कनौडिया

दाङ ३ (क) डिल्ली चौधरी

बाँके २ (ख) सुरेन्द्र हमाल

संघीय फोरमका विजेता (१ सिट)

बाँके २ (क) बिजय यादव

प्रदेश ६ मा कसको कति सिट ?

प्रदेश नम्बर ६ मा कांग्रेसलाई क्लिन स्वीप हुनबाट हुम्लाका जीवनवहादुर शाहीले जोगाएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुम्लाबाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

सो प्रदेशका अन्य सबै प्रदेशसभाका सिटमा वामपन्थी गठबन्धनले जितेको छ । गणना भइरहेका क्षेत्रमा पनि वाम गठबन्धन अगाडि छ । यो प्रदेशमा पनि एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छन् ।

एमालेका विजेता (१० सिट)

दैलेख १ ((ख) अमरबहादुर थापा

दैलेख २ (क) सुशील कुमार थापा

दैलेख २ (ख)राजवहादुर शाही

कालिकोट (क)कुर्मराज शाही

जाजरकोट (ख) करवीर शाही

डोल्पा (क)नन्दवहादुर बुढा

जुम्ला (ख) पदमवहादुर रोकाय

मुगु (क) दानसिंह परियार

मुगु (ख) चन्द्रवहादुर शाही

हुम्ला (क) दल रावल,नेकपा एमाले

माओवादीका विजेता (७ सिट)

सुर्खेत १ (क) ठम्मर विष्ट

दैलेख १ (क) धर्म रेग्मी

कालिकोट (ख) महेन्द्रबहादुर शाही

जाजरकोट (क) गणेशप्रसाद सिंह

रुकुम–रातो कामी/ गोपाल शर्मा

डोल्पा (ख) वीरबहादुर शाही

जुम्ला (क) नरेश भण्डारी

कांग्रेसका विजेता (१ सिट)

हुम्ला (ख) जीवनबहादुर शाही

प्रदेश ७ मा कसको कति सिट ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठाको विषय बनाएको प्रदेश नम्बर ७ मा पनि वामपन्थी गठबन्धनको बहुमत आउने देखिएको छ । अहिलेसम्म यो प्रदेशमा पनि एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छ ।

एमालेका विजेता (६ सिट)

दार्चुला (क) गेल्बुसिंह बोहोरा

बझाङ (क) अर्जुन थापा

बाजुरा (क) बलदेव रेग्मी

बाजुरा (ख) प्रकाश शाह

बैतडी (ख) लीलाधर भट्ट

डडेलधुरा (क) पठानसिंह बोहोरा

माओवादीका विजेता (३ सिट)

दार्चुला (ख) मानबहादुर धामी

बझाङ (ख) देवकी मल्ला

बैतडी (क) प्रेमप्रकाश भट्ट

कांग्रेसका विजेता (१ सिट)

डडेलधुरा (ख) कर्णबहादुर मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?