Comments Add Comment

चलचित्र संघले गर्‍यो बोर्ड अध्यक्षलाई स्वागत


चलचित्र विकास बोर्डकी नव-नियुक्त अध्यक्ष निकिता पौडेललाई चलचित्र संघले स्वागत गरेको छ । केहि दिन अगाडि मात्र निकितालाई नेपाल सरकारको मन्त्री स्तरिय बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयको सभापतित्वमा सम्पन्न कार्यक्रममा निकिताले चलचित्र क्षेत्रका लागि २ बर्षमा विभिन्न काम गर्ने बताइन् । निकिताले भनिन्-‘म सधै नै चलचित्र क्षेत्रको विकासका लागि क्रियाशिल छु । आफ्नो दुई बर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना छिट्टै सार्वजनिक गर्दैछु ।’

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले चलचित्र क्षेत्रको विकासका लागि लामो समयदेखि आवद्ध परिवारको पहिलो महिला सदस्य चलचित्र विकास बोर्डले पाएको भन्दै सबैले गर्वको महशुश गर्नुपर्ने बताए ।

निकिताको बिषयमा नकारात्मक टिप्पणी गर्न छाडेर उनको काममा साथ दिन उदयले आग्रह गरे । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment