+
+
Shares

दुर्घटना न्यूनिकरण गर्न चालकलाई सडकमै एक घण्टा प्रशिक्षण

अनिल खत्री अनिल खत्री
२०७४ पुष २३ गते १५:०१

२३ गुल्मी, गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा आइतावार सदरमुकाम तम्घासबाट सवारी चालक,सवारी धनी र आम सर्बसाधरणलाई सचेतना अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका भरत गुरुङ्गले जानकारी दिए ।
‘ट्राफिक नियम जानौ र मानौ आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ अभियानका साथ सचेतना अभियान सुरु गरिएको हो ।

सड्कमा तीब्र गतिमा सवारी चलाउँदा पर्न जाने समस्यासँगै बढ्दो दुर्घटना न्यूनिकरणलाई घटाउन भन्दै अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक डोरबहादुर थापाले एकै दिन सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमै र तम्घासकै खाजीगाउँ भगवती मन्दिर नजिकै चोकमा बिभिन्न सवारी चालक, सवारी धनी र सर्बसाधरणलाई राखेर दुर्घटना न्यूनिकरण गर्न जिम्मेरवार बन्न आग्रह गरे ।

सवारी चालकलाई प्रशिक्षण दिँदै थापाले भने ‘तीब्र गति जीवनको क्षती भन्ने कुरालाई मनन गरेर सिट क्षमता भन्दा वढी यात्रु नराखाैं,जिम्मेवार चालक बनेर दुर्घटना न्यूनिकरण गरौ ।’

उनले सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा जिम्मेवार बनेर दुर्घटना रोक्न पहल गरे ।

सवारी साधन चलाउँदा सानो लापरवाहीले पनि दुर्घटना हुनेहुँदा सबै पक्ष मिलेर दुर्घटना न्यूनिकरणमा ध्यान दिन आग्रह गरे ।

प्रहरी सहायक निरीक्षक थापाले सवारी साधनको गति सिमित गरौं आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भनाइलाई आत्मसाथ गरेर जिम्मेवार चालक बनेर सवारी सधान चलाउन आग्रह गरे ।

सवारी चालकलाई दिने सचेतना अभिनाय जिल्लाको विभिन्न स्थानमा गरिने ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

सचेतना अभियानमा सवारी चालक,सवारी धनी र आम सर्बसाधारणलाई एक घण्टासम्मको प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी जवान गुरुङ्गले जानकारी दिए । गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीका सड्कमा ऐना राखिएको पनि छ ।

तम्घास-रिडी-बुटवल सड्क अन्र्तगत सदरमुकाम सम्म जोडिने अति व्यस्त सड्कमा दुर्घटना न्यूनिकरण गर्नको लागी १४ वटा सड्क ऐनाहरु राखिएको छ ।

सड्क डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्ला स्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय लगायतको महत्वपूर्ण पहलमा उक्त ऐना राख्ने काम भएको हो ।

घुम्टीमा राखिएका ऐनाबाट बिपरीत दिशाबाट आइरहेको सवारीलाई देख्न सकिन्छ । यसले पनि दुर्घटना न्यूनिकरण गर्न ठूलो मदत गरेको चालकहरुको भनाइ छ । दुर्घटना न्यूनिकरण गर्न गुल्मीबाट छुट्ने सवारीसाधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई जिल्ला भित्र रिडीसम्म टाइम कार्डको व्यवस्था गरिएको छ । यसबाट पनि बढदो दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानियको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?