+
+

पोखरामा पृश्वी जयन्तीः हेलिकोप्टर र अल्ट्रालाइटबाट पुष्पबृष्टी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ पुष २७ गते १३:२८

२७ पुस, पोखरा । पृथ्वी जयन्ती विहीबार पोखरामा पनि मनाइएको छ । पृथ्वी जयन्ती मूल समारोह समितिको आयोजनामा विहीबार पोखरामा प्रभातफेरीसहित एक विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइएको हो ।

पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरीलाई हेलिकोप्टरले सभागृहचोक र पृथ्वीचोकको बिचमा पुग्दा र अल्ट्रालाइटले प्रभातफेरी सुरु हुनै लाग्दा चिप्लेढुंगामै पुष्प वृष्टी गरेर स्वागत गरिएको थियो ।

पुष्प वृष्टीका लागि प्रभू कम्पनीको हेलिकोप्टर र एभिया क्लवको अल्ट्रलाइट प्रयोग गरिएको कार्यक्रम संयोजक शंकर खरालले जानकारी दिए ।

प्रभातफेरीमा सहभागिहरुले ‘नेपाल आमाको जय’, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाह अमर रहुन्’, ‘राष्ट्रिय एकता जिन्दावाद’, ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘विदेशी दलाल चाहिंदैन, देश बेच्न पाईंदैन’ लगायतका नाराहरु लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्षेत्री समाजका संस्थापक अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख प्रा.डा.दिलबहादुर क्षेत्रीले जातीवादीहरुले पृथ्वीनारायण शाहले एकीकरण गरेको राज्यमा बसेर उनकै नामनिसान मेटाएको आरोप लगाए ।

कार्यक्रमका अध्यक्ष पृथ्वी जयन्ती मूल समारोह समितिका संयोजक तथा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, राष्ट्रिय धर्म सभा कास्कीका अध्यक्ष कृष्णप्रसाद चापागाईं र प्राज्ञिक विद्यार्थी परिषदका पश्चिमाञ्चल अध्यक्ष अभिचन्द्र पाठकले भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?