Comments Add Comment

सुरु भयो अनौठो व्यवसाय, अब भाडामा यौन खेलौना

उत्पादनको अहिलेको युगमा चीनको दबदबा हुनुको एउटा कारण के हो भने उसले उपभोक्ताको माग र चाहना अनुसारका हरेक खालका वस्तु तथा सेवा उपलब्ध गराउँदछ । साथै ग्राहकको खल्तीको रकम अनुसारका प्रडक्ट बजारमा ल्याउँछ उसले ।

चीनमा एउटा कम्पनीले हालै भाडामा सेक्स डल ग्राहकलाई दिने व्यवसाय सुरु गरेको छ ।

बेइजिङको एक सेक्स प्रडक्ट रिटेल कम्पनी टचले शेयर्ड गर्लफ्रेण्ड नामको सेवा सुरु गरेको छ । जसमा चाइनिज, रसियन, कोरियन तथा हंगकंगका महिलाको स्वरुपका तथा अमेजन जस्ता वन्डरवुमनवाला सेक्स डलहरु ग्राहकलाई भाडामा दिन सुरु गरेको छ ।

फोन एपको माध्यमबाट एक हप्ताका लागि सेक्स डल रिजर्भ गर्न सकिन्छ । सेक्स डल अर्डर गरिसकेपछि टच कम्पनीले आफ्ना ग्राहकलाई यौन खेलौना डेलिभरी ग्र्दछ । ग्राहकको चाहना अनुसारको सेक्स डलको पहिरन, हेयरस्टाइल तथा सेक्स डलका अन्य साजसज्जाको सामान हाल्ने गर्दछ उसले ।

साथै सेक्स डलमा यस्तो डिभाइस जडान गर्ने विकल्प पनि दिइन्छ जसले सेक्स डल छुँदा विभिन्न खाले आवाज निकाल्छ ।

एक हप्ताको लागि २ सय ९८ युआन तिरेर सेक्स डल भाडामा लिन पाइनेछ । यसका लागि ८ हजार युआन धरौटी राख्नु पर्दछ जुन पछि फिर्ता दिइन्छ ।

आफुले भाडामा दिने सेक्स डलले पुरुषहरुलाई साँच्चीकै यौनसाथीले जस्तै आनन्द प्रदान गर्ने दाबी कम्पनीको छ ।

चीनमा लैंगिक असन्तुलनका कारण लाखौँ पुरुषहरुले जिवनसाथी पाउन नसकेको भन्दै त्यसरी तड्पिरहेका पुरुषहरुलाई आफ्नो सेक्स डल भाडामा दिने सेवाले फाइदा पुग्ने दाबी कम्पनीको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment