Comments Add Comment

४ सय ५० दिनसम्म लगातार कुखुरा भोजन

कुखुराको मासु कत्तिको खानुहुन्छ ? कतिपयले त कुखुराको मासुका विभिन्न परिकार नियमित रुपमा खाने गर्दछन् । छाक नबिराइकन कति दिनसम्म कुखुराको मासु खानुभएको छ ? यो दुनियामा एकजना यस्ता मान्छे छन् जसले ४ सय ५० दिनसम्म हरेक दिन कुखुराको मासु खाइरहेका छन् ।

सन् २०१७ को सेप्टेम्बरमा कुखुराको मासु र भात खाएर उनले यो यात्रा सुरु गरेका थिए । त्यसपछि उनले हरेक दिन आफ्नो खानाको तस्वीर सोसल साइटमा हाल्ने गरेका छन्। जसबाट थाहा हुन्छ कि उनले पछिल्लो ४५० दिनदेखि नियमित रुपमा कुखुरा खाइरहेका छन् ।

चीनका कुए पेन्ग नामका यी व्यक्तिले इन्स्टाग्राममा राख्ने चिकेन परिकारका तस्वीर निकै चर्चित बन्ने गरेका छन् । उनका फलोअर्सको संख्या पनि धेरै छ । उनी आफुलाई जी फान फान भन्ने गर्दछन् । जसको अर्थ चिकेन राइसको फ्यान भन्ने हुन्छ ।

ती व्यक्तिले अहिलेसम्म २ लाख भन्दा धेरै मूल्यको चिकेन खाइसकेको बताएका छन् ।

कुखुराको मासु खान थालेको एक वर्ष पुगेको अवसरमा उनले यसअघि चिकेन बर्थडे पनि मनाएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment