Comments Add Comment

डिजिटल हाजिरले कालीकोटका शिक्षकहरु नियमित विद्यालय आउन थाले

८ माघ, कात्तिक । कालीकोटका केही विद्यालयहरुले डिजिटल हाजिरी प्रविधि सुरु भएपछि शिक्षकहरु नियमित उपस्थित हुन थालेका छन् ।

शान्नि त्रिबेणी गाउँपालिकाले ११ वटा विद्यालयमा डिजिटल हाजिर प्रबिधि जडान गरेपछि शिक्षक, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित हुन थालेका हुन् ।

शिक्षामा देखिएको अनियमितता सुधार गर्न र खेताला शिक्षकहरुलाई विस्थापित गर्न अभिभाकको सुझाव अनुसार गाउँपालिकाको पहिलो गाउँसभाले डिजिटल हाजिर सुरु गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाले डिजिटल हाजिरी प्रबिधिका आधारमा तलभभत्ता निकासा गर्ने निर्णय गरी प्रबिधि जडान गरेपछि बिद्यालय शिक्षामा सुधार आएको मेहलमुडी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिका भित्रका सबै बिद्यालयमा जडान गरिएको डिजिटल प्रबिधिले शिक्षकहरुलाई नियमित गराएको र त्यसले विद्यार्थीको सिकाइमा नियमितता ल्याएर शैक्षिक गुणस्तरमा समेत बृद्धि ल्याएको अध्यक्ष शाहीले बताए ।

यस अघि घाम तापेर बस्ने शिक्षकहरुले समेत नियमित पढाउन थालेको र लापरवाही हटेको शान्नि त्रिबेणी गाउँपालिका-६ का वडा अध्यक्ष एवंम गाउँपालिकाका प्रबक्ता हिमाल धामीले जानकारी दिए ।

गाउँपालिकमा शिक्षा क्षेत्रमा देखिएका समस्यामाथि समीक्षा गरी समाधान खोज्ने उद्देश्यले आयोजित शैक्षिक गोष्ठीमा सहभागी सरोकारवालाले डिजिटल हाजिरी गर्ने प्रणालीले विद्यालयमा शुसासन, पारदर्शिता, उत्तरदायित्व जस्ता बिषयमा समेत बृद्धि भएको बताएका छन् ।

शैक्षिक गोष्ठीले गाउँपालिकाको शैक्षिक अबस्था सुधार गर्न विद्यालयमा शिक्षक, विद्यार्थीको सम्बन्ध, अबिभावको जवाफदेहिता, शिक्षकको विद्यार्थी सम्बन्ध र मर्यादित परीक्षाका कुरा उठाएको छ ।

गाउँपालिकाका अध्यक्ष शाहीले शैक्षिक गोष्ठीमा पेस गरेको प्रतिबेदनमा शिक्षक अनियमितता हटाउन सकिने भएपनि शैक्षिक सरोकारवालाको उदासिनताका कारण समस्या आएको उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment