Comments Add Comment

देशभर मनाइयो शहीद दिवस, हेर्नुस् १४ तस्वीर

१६ माघ, काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झना गर्दै आज देशभर शहीद दिवस मनाइएको छ ।

यही अवसरमा आज काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

शहीद दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु मंगलबार बिहान शहीद स्मारक पुगेका थिए । उपस्थित सबैले शहीदको शालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरे भने नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ तथा अन्य ज्ञात–अज्ञात व्यक्तिहरुको बलिदानबाट २००७ सालमा नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो । प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रुपमा मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment