२२ माघ, काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चौकमा एक जना व्यक्ति कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी-१ नमुना बस्तीका ३२ वर्षीय रत्न तामाङ छन् । उनलार्इ शंकास्पद तवरले हिँड्दै गर्दा चेकजाँच गर्ने क्रममा एक थान पेस्ताेल र दुर्इ राउन्ड गाेलीसहित पक्राउ गरिएकाे प्रहरी चाैकी खनारले जनाएको छ ।
तामाङको साथबाट केही परिमाणमा लागूऔषध गाँजा समेत बरामद भएको छ। थप अनुसन्धानका लागि उनलार्इ ईलाका प्रहरी कार्यालय इटहरी पठाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4